निर्वाचनलक्षित सुरक्षाका लागि धनुषामा नेपाल-भारत सीमानाका बन्द
२०७९ वैशाख २९ गते

काठमाडौँ । निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा स्थानीय प्रशासनले भारतसँग जोडिएका सीमानाका बन्द गरेको छ भने मदिरा बिक्री वितरणमा निषेध गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार आदेश जारी गरिएको जानकारी दिए। मंगलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को बिक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै मंगलबार राति १२ बजेदेखि ३० वैशाखसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णरूपमा बन्द गरिएको उनले जानकारी दिए।
२०७९ वैशाख २९ गते
प्रतिक्रिया
सम्बन्धित








