बझाङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, एकजना घाइते

बझाङ । बझाङमा नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएको छ।

बझाङको सुर्मा गाउँपालिका–५ सैनगाउँमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। झडपमा परी नेकपा एमालेका एकजना कार्यकर्ता घाइते भएका छन्। सैनगाउँस्थित धौलदेउ आधारभूत विद्यालयमा दिउँसो साढे ४ बजे भएको झडपमा परी एमाले कार्यकर्ता रामबहादुर बोहरा घाइते भएका हुन्। उनको दाहिने आखाँमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

अशक्त, अपांग व्यक्तिहरूको भोट के कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेका बेला दुवै पक्षबीच सामान्य झडप परेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *