प्रधानमन्त्री देउवा डडेलधुराबाट धनगढी आउँदै

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुराबाट धनगढी आइरहेका छन्। निर्वाचनसम्म गृहजिल्लामै रहने भनिए पनि यसबीचमा देउवा धनगढी आउन लागेका हुन्।

नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर वडले दिउँसो २ बजे नै प्रधानमन्त्री देउवा स्थलमार्ग हुँदै डडेल्धुराबाट धनगढीका लागि आएका बताए। ‘दिउँसो २ बजे नै डडेल्धुराबाट हिँड्नुभएको हो, अब पुग्ने बेला भयो,’ उनले भने। उनका अनुसार देउवा आज राति धनगढीमै रहनेछन्।आर्जु राणा देउवाको चुनावी क्षेत्र कैलाली क्षेत्र नं ५ को धनगढी उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निवर्तमान मेयर नृपबहादुर वड मेयरका लागि मैदानमा छन्।

धनगढीमा गठबन्धनका तर्फबाट कांग्रेसका वड, नेकपा एमालेका तर्फबाट रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *