होन्डाले ल्यायाे ७ लाखसम्म ‘क्यासब्याक’ पाउने उपहार योजना

काठमाडौँ । नेपालको लागि हाेन्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘हाेन्डा छ साथ साथ’ नामक ग्राहक उपहार योजना ल्याएको छ ।

कम्पनीका अनुसार सातै प्रदेशका ग्राहकले सहभागिता जनाउन सक्ने उक्त योजनाअन्तर्गत प्रत्येक हाेन्डा मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन मार्फत रु. १ लाखसम्मको क्यासब्याक प्राप्त गर्न सकिन्छ ।

योजना अवधिभर हाेन्डा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकहरू मध्ये प्रत्येक प्रदेशबाट एक एक जना गरी सातै प्रदेशबाट सात जना ग्राहकले लक्की ड्र मार्फत आकर्षक सामसुङ ए फिफ्टी मोबाइल फोन तथा एएमसी कुपन प्राप्त गर्न सक्नेछन् ।

साथै बम्पर लक्की ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले नगद रु. ७ लाख नगद उपहार पाउनेछन् ।

स्याकार इन्भेष्टमेन्ट मार्फत हुने १ प्रतिशत इएमआइ पेमेन्ट स्किमबाहेकको अन्य नगद तथा फाइनान्स खरिद दुवैमा यो योजना लागू हुने कम्पनीले जनाएको छ ।

योजना २०७९ वैशाख २५ गतेदेखि जेठ १७ गतेसम्म नेपाल अधिराज्यभर लागू हुनेछ ।

नेपालमा सर्वाधिक रुचाइएको हाेन्डाको मोटरसाइकल तथा स्कुटरको खरिदमा आउने यस किसिमका आकर्षक उपहार योजनाले ग्राहकलाई थप उत्साहित बनाउने विश्वास कम्पनीले लिएको जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *