विवेक अग्निहोत्रीको फिल्म ‘द कश्मीर फाइल्स’ सिंगापुरमा प्रतिबन्धित

काठमाडौँ । विवेक अग्निहोत्रीको बहुचर्चित फिल्म ‘द कश्मीर फाइल्स’को प्रदर्शनमा सिंगापुरमा प्रतिबन्ध लगाइएको छ। फिल्म सिंगापुरमा

सिंगापुर सरकारले प्रदर्शन हुनै लाग्दा अन्तिम समयमा आएर फिल्ममाथि प्रतिबन्ध लगाएको हो। सिंगापुरको सेन्सर बोर्डले फिल्मा मुसलमानलाई गलत रूपमा देखाइएको उल्लेख गर्दै प्रतिबन्ध लगाइएको बताएको हो। बोर्डले बनेको छ, ‘द कश्मीर फाइल्समा मुसलमानलाई गलत रूपमा देखाइएको छ। कश्मीरमा भएको संघर्षको विषयमा हिन्दूहरूलाई मुसलमानले सताएको भन्ने एकतर्फी भाष्य देखाइएको छ।’

बहुधार्मिक समाजमा सामाजिक भाइचारालाई नोक्सान पुर्‍याउने र समाजमा भएका विभिन्न समुदायबीच द्वन्द्व सिर्जना गर्ने भन्दै बोर्डले फिल्ममाथि प्रतिबन्ध लगाएको हो। सिंगापुरमा धार्मिक समुदायलाई बदनाम गर्ने कुनै पनि किसिमका सिर्जनाहरूलाई सार्वजनिक गर्नमा रोक लगाइँदै आएको छ।

फिल्मले सुस्त सुरुवात गरेको भए पनि समयक्रममै भारतभर ठूलै चर्चा कमाएको थियो भने बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो। अनुपम खेर, पल्लवी जोशी, दर्शन कुमार, भाषा सुम्ब्लीलगायतका कलाकारहरूको अभिनय रहेको यस फिल्म मार्च ११ देखि प्रदर्शनमा आएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *