रुकुम(पश्चिम)मा काँग्रेस कार्यकर्ता कुटेको आरोपमा माओवादी कार्यकर्ता पक्राउ

सुर्खेत । रुकुम (पश्चिम) र सल्यानमा काँग्रेसका कार्यकर्ता कुटेको आरोपमा नेकपा माओवादी केन्द्रका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रोल्पाका प्रकाश केसी, रुकमपश्चिमका विशाल वली र प्रेम प्रकाश वली रहेका छन्। २३ वर्षीय केसी गंगादेव गाउँपालिका–५ कुईन्यौटा रोल्पाका हुन् भने २३ र १८ वर्षीय वलीद्वय आठबिसकोट नगरपालिका–१० का रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिए।

रोल्पामा सोमबार तरुण दल र वाइसियल कार्यकर्ताबीच झडपहुँदा तरुण दलका दुईजना कार्यकर्ता घाइते भएका हुन्। प्रवक्ता पाण्डेलका अनुसार सोमबार २६ गते राती कुईन्यौटामा वाइसियल र तरुणदलबीच विवाद हुँदा तरुण दलका कार्यकर्ता घाइते भएका छन्। झडपमा केसीले खुकुरी प्रहार गर्दा तरुण दलका कार्यकर्ता ३० वर्षीय मानबहादुर बुढा र २० वर्षीय कमल बुढा घाइते भएको प्रवक्ता पाण्डेले बताए।

घटना लगत्तै केसी फरार रहेको र उनी सल्यानको बागचौर नगरपालिका–२ थारमारेमा लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको पाण्डेको भनाइ  छ। साथै, सोमबार राती रुकुम पश्चिम आठबिसकोट नगरपालिका–१० घारीखोलामा वाइसियल कार्यकर्ताले नेपाली कांग्रेसले प्रचारप्रसारमा प्रयोग गरेका सवारी तोडफोड गरेको आरोपमा प्रहरीले वलीलाई पक्राउ गरेको हो।

काँग्रेसबाट आठबिसकोट नगरपालिका–१० का वडा अध्यक्ष उम्मेदवार चक्र कुसारीले रिजर्ब गरेको लु १ ज २६६१ नम्बरको जीप, रा ४ प १८७० र भे ७ प ३०६५ नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा १० जनाको संख्यामा आएका वाइसियल कार्यकर्ताले आगजनी र तोडफोड गरेर फरार भएको प्रवक्ता पाण्डेको भनाइ छ।

पक्राउ परेका तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *