एकैदिन १ हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. एक हजारले घटेको छ।

अघिल्लो दिन प्रतितोला रु. ९८ हजारमा कारोबार भएको छापावाल सुनकि मूल्य आज  रु. ९७ हजार तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ५०० तोकिएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ५०० कायम थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. ३० ले घटेर रु. एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८३९ डलर आसपास कारोबार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *