मतदान केन्द्र भएका विद्यालय आजैबाट बन्द

काठमाडौँ । स्थानीय चुनावको लागि मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आजबाट ६ दिन बन्द हुने भएका छन् । अरू विद्यालयमा भने सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो ।

शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो । शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिए।  उनले भने ‘आधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र छन् । बाँकी रहेका विद्यालयका शिक्षक मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा हुने भएको हो ।’

हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय छन्। करिब ८ हजार निजी विद्यालय छन् । सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन् । सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *