नेपाली कांग्रेस गोकर्णेश्वरको चुनावी र्‍याली (तस्वीरहरू)

काठमाडाैँ । स्थानीय निर्वाचन आउन ३ दिन बाँकी रहँदा नेपाली कांग्रेस काठमाडौ क्षेत्र नं ३ ले आज गोकर्णेश्वर नगरपालिकामा चुनावी र्‍याली निकालेको छ ।

नगरपालिकाको वडा नं १ स्थित सुन्दरीजलमा भेला भएर मोटरसाइकल तथा पैदल हुँदै र्‍याली जोरपाटी चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

क्षेत्रीय सभापति सन्तोष चालिसेको अगुवाइमा भएको र्‍यालीमा मेयर र उपमेयर पदका उम्मेदवार दीपक कुमार रिसाल र शान्ति नेपाल लगायत वडाअध्यक्षदेखि सदस्य पदका उम्मेदवारहरू र कार्यकर्ताको सहभागिता थियो ।

र्‍यालीपछि जोरपाटीमा सम्पन्न भएको कोणसभालाई कांग्रेस महामन्त्री गगन थापाले प्रमुख अतिथिको रूपमा सम्बोधन गरेका थिए । यसैगरी सभालाई क्षेत्रीय सभापति तथा निवर्तमान मेयर सन्तोष चालिसे, मेयर पदका उम्मेदवार दीपक कुमार रिसाल, उममेयर कि उम्मेदवार शान्ति नेपालसहित विभिन्न नेताले सम्बोधन गरेका थिए ।

कांग्रेसको पकड क्षेत्र मानिने ९ वटा वडा रहेको गोकर्णेश्वर नगरपालिकामा गत ०७४ को स्थानीय निर्वाचनमा मेयर, उपमेयर सहित ६ वटा वडामा कांग्रेसले जित निकालेको थियो ।

नगरपालिकाको कार्यपालिकामा अत्याधिक बहुमत रहेको कांग्रेस, यो स्थानीय चुनावमा पनि आफ्नो साख जोगाउन कसरत गर्दैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *