देशको विकास नेकपा एमालेले मात्रै गरेको छ -अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास नेकपा एमालेले मात्रै गरेको दाबी गरेका छन्।

आफ्नो निर्वाचन क्षेत्र झापा ५ को दमकमा आज मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा एमाले सधैँ विकासको पक्षमा रहेको बताउँदै उनले यस्तो टिप्पणी दिएका हुन्। अन्य दलहरू विकासमा पछि रहेको र आफनो पार्टी विकासको पक्षमा लागेको उनको भनाइ छ। उनले भने, “जनताले विकास र समृद्धि गर्ने पार्टी एमालेलाई फेरि पनि मत दिए विकास अझै अघि बढ्नेछ।” संविधान रक्षाका लागि भनिँदै आएको गठबन्धन स्वार्थका लागि भएको समेत उनको आरोप छ।

दमकको पशुहाटमा आयोजित नगरस्तरीय आमसभालाई सम्बोधन गर्ने क्रममा उनले त्यहाँको पुलपुलेसा, बाटोघाटो लगायतका विकासमा एमालेकै नेतृत्व रहेको बताए। साथै, उनले एमाले सबै किसिमका गठबन्धन र षडयन्त्रविरुद्ध लड्न सक्षम भएको समेत दाबी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *