एमालेको घोषणा : भेरीगंगालाई देशकै उदाहरणीय र नमुना नगरपालिका बनाउने

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिकाको मेयर पदमा नेकपा (एमाले)बाट यज्ञप्रसाद ढकाल र उप–मेयरमा धनसरा बोहरा उम्मेदवार बनेका छन् । उम्मेदवार बनेसँगै उनीहरूले घरदैलो कार्यक्रमलाई समेत पूर्णता दिएका छन् । स्थानीय तह निर्वाचन–२०७९ को मिति आउन अब तीन दिन बाँकी छ ।

विभिन्न दलका उम्मेदवारले आफ्ना मुख्य–मुख्य प्रतिबद्धताहरू सार्वजनिक गर्दै उम्मेदवारको घरदैलोमा पुगेसँगै एमाले भेरीगंगाका एमालेबाट उम्मेदवारहरू पनि मतदाताकहाँ पुगेका छन् । उनीहरूले मतदाता भेटघाट कार्यक्रम सँगै आफ्ना चुनावी योजना अगाडी सार्दै प्रचार–प्रचारलाई व्यापक बनाएका छन् ।

उम्मेदवार ढकाल, बोहरा लगायत अन्य उम्मेदवारहरू सँगै चुनावी प्रचार–प्रसार टोलीले मतदाताको घरदैलोमा पुगेर आफ्ना योजनाहरू मतदातालाई थमाएका छन् ।

ढकाल र बोहराले आफ्ना चुनावी प्रतिबद्धतामा विभिन्न योजनाहरू समावेश गरेका छन् । जसमा समयानुकूल ऐन–नियम निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतीय, सिँचाइ, सडक र यातायात, आवास व्यवस्था, कृषि, भेरीगंगालाई देशकै उदाहरणीय र नमुना नगरपालिका बनाउने जस्ता योजना समावेश गरिएका छन् ।

भेरीगंगामा एमालेले समृद्ध नगर र खुसी नगरबासीको नारासहित आफ्नो चुनावी अभियानमा लागेको छ । नगरको विकास र समृद्धिका लागि सबै भन्दा पहिले सुशासनमा सरकार सञ्चालन गरी सरकारलाई जनउत्तरदायी बनाउने एमालेको योजना रहेको छ ।

ढकालले नगरपालिकामा भ्रष्टाचार बढेको बताउँदै जनशक्ति परिचालनको अवस्था कुनै स्टम नुहुँदा अस्तव्यस्त भएको बताए । ढकालले भने, ‘हाम्रो देशमा सुशासन पटकै छैन । विकास निर्माणका योजना छनोटमा अस्तव्यस्त छ । मेरो पहिलो काम सुशासन कायम गरी बस्तीस्तरदेखि नगरसभासम्म योजना छनोटको कामलाई व्यवस्थित गराउँछु । आफ्नाको भन्दा पनि जनताको सहभागितामा भेरीगंगाको विकासका लागि योजना छनोट गर्छु ।’

ढकालले नगरको विकास निर्माणलाई व्यवस्थित गर्नका लागि गुरुयोजना, नगरमा अति गरिब, विपन्न परिवार तथा लक्षित वर्गको उत्थानका लागि विशेष कार्यक्रम, जनताको आवश्यकता पहिचान गरी जनताकै चाहानामा विकास, जनप्रतिनिधि जनताका शासक होइन, सेवक हुन् भनेर स्थापित गर्ने आफ्नो प्रतिबद्धता रहेको उल्लेख गरे ।

यस्तै, ढकालले भेरीगंगा नगरपालिका कर्णाली प्रदेशको मूल ढोका भएकाले देशकै उदाहरणीय र नमुना नगरपालिका बनाउने, जसका लागि भेरीगंगालाई देशकै उदाहरणीय र नमुना नगरपालिका बनाउन प्रदेश सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने जस्ता योजना एमालेले बनाएको जानकारी दिए ।

को हुन्, मेयर पदका उम्मेदवार ढकाल ?

भेरीगंगा नगरपालिका मेयर पदका उम्मेदवार यज्ञप्रसाद ढकालको जन्म २०२३ सालमा भएको हो । भेरीगंगा नगरपालिका–१२ मा जन्मिएका ढकाल विद्यार्थी राजनीतिबाटै राजनीतिमा उदाएका लोकप्रिय नेता हुन् ।

२०३८ सालका पहिलो पटक कक्षा ८ मा पढ्दै गर्दा ढकाल विद्यार्थी राजनीतिमा सदस्य बनेका थिए । सानै उमेरदेखि राजनीतिका चिन्ता व्यक्त गर्ने ढकाल विद्यार्थी नेताबाटै राजनीति बुझ्न थालिसेको छ ।

माध्यमिक तहको पढाई सकेपछि तत्कालीन सुर्खेत क्याम्पस शिक्षामा पढ्दै गर्दा अनेरास्वियुको सदस्य समेत बनेका थिए । समाजमा हुने विभिन्न विषयमा खरो आवाज उठाउने ढकाल न्याय, अत्याचार, शोषण, उत्पीडन र भेदभावले गर्दा उनमा यस विरुद्ध विद्रोह गर्दथे ।

ढकालले भने, ‘समाजमा हुने यस्ता प्रविधिलाई अन्त्य गर्नका लागि मेरो राजनीतिक यात्रा शुरू भएको हो ।’ ढकालले थपे, ‘राजनीतिमा आउनुमा मेरो एक दुई वटा कारण छन् । राजनीति खराब मान्छेले गर्ने होइन रहेछ । असल मान्छेले राजनीति गर्ने रहेछ । समाजमा हुने अत्याचार, शोषण, उत्पीडित, गरिब माथि भेदभाव लगायतका यस्ता विकृति र विसंगति छ । यसको विरुद्धमा बोल्न आवश्यक छ । त्यसैले समाज परिवर्तनका लागि राजनीतिमा आए ।’

त्यस्तै, ढकाल नेकपा (एमाले) छिन्चु गाउँ कमिटीको उपसचिव, सचिव, क्षेत्र नं १ को क्षेत्रीय कमिटी सचिव हुँदै जिल्ला कमिटी सदस्य समेत बनेर अनुभव समालेका छन् । २०४२ सालदेखि उनले २४ वर्ष शिक्षण पेसामा समेत आफ्नो अनुभव समालेका छन् ।

शिक्षण पेसामा हुँदा पनि ढकालले राजनीतिक यात्रालाई निरन्तरता दिए । ढकालले नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतको सदस्य भएर काम गरे । यस्तै, ढकाल हाल एमाले जिल्ला कमिटी सचिवालय सदस्य र भेरीगंगा नगरपालिकाका इन्चार्ज छन् । उनले स्नातक तहसम्मको पढाई पूरा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *