एकैदिन ७ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. ७०० ले घटेको छ।

अघिल्लो दिन प्रतितोला रु. ९८ हजार ७०० मा कारोबार भएको सुनको मूल्य आज मंगलबार रु. ९८ हजार तोकिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार ५०० कायम छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला रु. ९८ हजार २०० मा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले घटेर रु. एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *