जीतेन्द्र कुमारको ‘पञ्चायत २’ को ट्रेलर सार्वजनिक
२०७९ वैशाख २७ गते

काठमाडौँ । अमेजोन प्राइमद्वारा निर्मित वेब सिरिज ‘पञ्चायत २’ को ट्रेलर सार्वजनिक भएको छ।
जीतेन्द्र कुमार स्टारर उक्त सिरिजको ट्रेलर आज सोमबार सार्वजनिक भएको हो। ट्रेलरमा जीतेन्द्र कुमार पञ्चायत सचिव बन्नका लागि फुलेरा गाउँमा विभिन्न कठिनाइ भोगेको देखाइएको छ। गाउँका विकास र प्रधानसँगको जीतेन्द्रको सुध्रिएको सम्बन्धलाई ट्रेलरमा स्थान देखाइएको छ। विभिन्न प्रसंगहरू समेटेर तयार पारिएको ट्रेलरले सिरिज मनोरञ्जनले भरिएको छनक दिएको छ। जीतेन्द्र कुमारसँगै नीना गुप्ता, रघुविर सिंहलगायतका कलाकारको मुख्य अभिनय रहेको यस सिरिज आउँदो मे २० बाट अमेजोन प्राइममा रिलिज हुनेछ।
अरुनभ कुमारको लगानी रहेको सिरिजको निर्देशन दीपक कुमार मिश्राले गरेका छन्। त्यस्तै, चन्दन कुमारको लेखनमा रहेको यस सिरिजलाई ‘द भाइरल फिबर’ले बनाएको छ।
२०७९ वैशाख २७ गते
प्रतिक्रिया
सम्बन्धित








