बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’को टिजर सार्वजनिक

काठमाडौँ । सन् २००९ को रेकर्ड ब्रेकर हलिउड फिल्म ‘अवतार’को सिक्वेल ‘अवतारः द वे अफ वाटर’को टिजर सार्वजनिक भएको छ।

जेम्स क्यामरुनको निर्देशन रहेको बहुप्रतिक्षित फिल्म ‘अवतारः द वे अफ वाटर’को टिजर आज सोमबार सार्वजनिक भएको हो। फिल्मको टिजरमा नदीमुनिका विभिन्न जीवहरूसँगको दृश्य देखाएको छ। सुलि परिवारका जेक, नियतिरी र उनीहरूका सन्तानको संघर्ष र जीवनका लागि गरिएको युद्धलाई टिजरमा समेटिएको छ।

सोइ साल्डना, सेम वरिङटन, सिगौरने विभर, स्टेफेन ल्याङ, क्लिफ कर्टिसलगायतका स्टारहरूको अभिनय रहेको यस फिल्मलाई निर्देशक केमरुन र जोन लन्डानौले संयुक्त रूपमा निर्माण गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *