रुकुम(पूर्व)मा बेवारिस अवस्थामा महिलाको शव फेला

काठमाडौँ । रुकुम(पूर्व)मा बेवारिस अवस्थामा एक महिलाको शव फेला परेको छ।

पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो। सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए। प्रनाउ डाँगीका अनुसार परीक्षणका लागि शव रुकुम(पूर्व) अस्पताल लगिँदैछ।

शव परीक्षणको रिपोर्ट आएपछि मात्र घटनाबारे सत्यतथ्य खुल्ने डाँगीले बताए। घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *