कांग्रेसका बागी उम्मेदवार कार्की फिर्ता; गठबन्धनलाई समर्थन

पोखरा । पोखरामा मेयरको बागी उठेका कांग्रेस नेता विमलबहादुर कार्कीले सबै मत धनराज आचार्यलाई दिन आह्वान गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन्।

यसअघि, पार्टीको नीतिप्रति असहमति जनाउँदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा उनले ‘बागी’उम्मेदवारी दिएका थिए। कार्कीले आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएका हुन्।

‘साथीभाईको सल्लाह र अग्रज नेताहरूको आग्रहलाई मान्दै मैले नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु,’ विज्ञप्तिमा भनिएको छ। कार्कीले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेस कास्कीले उनलाई धन्यवाद ज्ञापनसमेत गरेको छ। गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारकै कारण मत काटिने चिन्ता भएपनि गठबन्धनमा एकछापे मत जाने कार्कीले बताए।

पोखरा-१४ स्थानीय घर भएका कांग्रेस नेता कार्कीले गठबन्धनका उम्मेदवारलाई सघाउने भएपछि जितको लागि झन् सहज भएको उम्मेदवार आचार्यको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *