महामन्त्री थापाकाे उपस्थितिमा कांग्रेसले गोकर्णेश्वरमा र्याली गर्ने
२०७९ वैशाख २६ गते

काठमाडाैँ । नेपाली कांगेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ ले गोकर्णेश्वर नगरपालिकामा चुनाव केन्द्रित र्याली र सभा आयोजना गर्ने भएकाे छ ।
पार्टीले मंगलवार र्याली गर्ने भएकाे हाे । सुन्दरीजलबाट सुरु हुने र्याली जोरपाटी चोकमा जम्मा भई कोण सभा हुने क्षेत्रीय सभापति सन्तोष चालिसेले मकालुखबरलाई जानकारी दिए ।
सभालाई नेपाली काँग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य अम्बिका बस्नेत लगायत उम्मेदवारहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । र्याली दिउँसाे २ बजे सुन्दरीजलबाट सुरु हुने चालिसेले बताए ।
९ वटा वडा रहेको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले मेयर, उपमेयर सहित सम्पूर्ण वडामा उम्मेदवारी दिएको छ ।
२०७९ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित









