अक्षय र मानुषीको ‘पृथ्वीराज’को ट्रेलर सार्वजनिक

काठमाडौँ । विवादैविवादबाट गुज्रिएको भारतीय चलचित्र ‘पृथ्वीराज’को ट्रेलर आज सोमबार सार्वजनिक भएको छ।

बलिउडका चर्चित अभिनेता अक्षय कुमार र पूर्वमिस वर्ल्ड मानुषी चिल्लरको मुख्य भूमिका रहेको उक्त फिल्मको ट्रेलर आज सार्वजनिक भएको हो। ट्रेलरमा अक्षयले पृथ्वीराज चौहानको भूमिका निभाएका छन्। दिल्लीको राज्याभिशेकका लागि पृथ्विराजले गरेको संघर्षलाई फिल्ममा देखाइएको छ।

भारतमा १२औं शताब्दीसम्म रहेको चौहान शासनकालका राजा पृथ्वीराज चौहानको बारेमा रहेको ब्रज भाषाको ऐतिहासिक कवितामाथि आधारित रहेर फिल्मको निर्माण गरिएको छ। तीन मिनेट लामो फिल्मको ट्रेलरमा दिल्लीको कब्जा र त्यससँग सम्बन्धित संघर्षलाई देखाइएको छ। फिल्ममा अक्षय र मानुषीसँगै सञ्जय दत्त र सोनु सुद पनि मुख्य भूमिकामा छन्। यीसँगै मानव भिज, अशुतोष राना, शाक्षी तनवरले पनि फिल्ममा अभिनय गरेका छन्। फिल्मको लेखन तथा निर्देशन डा. चन्द्रप्रकाश द्विवेदीले गरेका छन् भने फिल्मको निर्माण आदित्य चोपडाले गरेका हुन्।

‘यशराज फिल्म्स्’को ब्यानरमा बनेको फिल्म जुन ३ मा प्रदर्शनमा आउने भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *