सत्तागठबन्धनले काठमाडौँ–३२ मा तालमेल गर्ने

काठमाडौं महानगरको वडा नम्बर ३२ मा सत्ता गठबन्धनका तीन दलले तालमेल गर्ने निर्णय गरेका छन् ।

कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गर्ने निर्णय गरेका हुन् ।
‘स्थानीय तह सम्म गठबन्धन गर्ने सहमति अनुसार हामीले यस वडा नं. ३२ मा सद्धभावपूर्ण सहकार्यका साथ अगाडि बढ्ने निर्णय गरेका छौँ ।’ तीन दलले निकालेको विज्ञप्तिमा भनिएको छ ।

वडा ३२ का कांग्रेस सभापति सुभासचन्द्र पराजुली, माओवादी केन्द्रका वडा संयोजक रामसुन्दर श्रेष्ठ र एकीकृत समाजवादीको वडा अध्यक्ष सीता कँडेल पराजुलीले तालमेल गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । निर्वाचन आउन चार दिन बाँकी रहँदा तीन दलले सोमबार तालमेल गर्ने सहमति गरेका हुन् ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *