कक्षा १२ को परीक्षा केन्द्र निर्धारण

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन हुँदैछ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरेर कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।

बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरूले आ आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरूलाई सोही अनुसार जानकारी गराउन पनि परीक्षा नियन्त्रण कार्यालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *