भरतपुरमा कांग्रेस कार्यकर्ताको बीभत्स हत्या

काठमाडौँ । चितवनमा छुरा प्रहार गरी एक युवकको हत्या गरिएको छ । भरतपुर महानगरपालिका-१२ का करिब २८ वर्षीय अनिल परियारलाई छुरा हानी बीभत्स हत्या गरिएको हो ।

भरतपुर महानगरपालिका-७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहले परियारलाई छुरा हानेको थियो । घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीकाअनुसार घटनाको विषयमा अनुसन्धान शुरु गरिएको छ ।

परियारका १० भन्दा बढी ठाउँमा छुरा हानिएको बताइएको छ । कांग्रेसका स्थानीय नेताका अनुसार परियार कांग्रेसको भ्रातृ संगठनको बागमती प्रदेश सदस्य थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 19 =