एमाले मेयर पदका उम्मेदवार बडुवाल चढ्ने गाडीमा आगजनी (तस्बिरहरू)

सुर्खेत । नेकपा (एमाले) दैलेख आठबीस नगरपालिका मेयर पदका उम्मेदवार चढ्ने गाडीमा आगजनी भएको छ । सोमबार बिहान ३ः१५ बजेको समयमा उक्त गाडीमा आगजनी भएको हो ।

मेयर पदका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको छ । आठबीस नगरपालिका–४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होटलमा पार्क गरी राखिएको स्कार्पियोमा राति अज्ञात समूहले आगजनी गरेको मेयर पदका उम्मेदवार बडुवालले जानकारी दिए ।

बडुवालले भने, ‘चालक गाडीभित्रै सुतिरहेको समयमा गाडीमा आगजनी भएको हो । चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पुर्‍याएका थिए । जस कारण मानवीय र गाडीमा धेरै क्षति हुन भने पाएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *