आचारसंहिता प्रतिकुल समाचार सम्प्रेषण गर्ने २३ वेब पोर्टललाई कारवाही

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ आचारसंहिताको गम्भीर उल्लङ्घन गर्ने २३ वटा वेब पोर्टललाई नेपालभित्र सञ्चालन हुन नसक्ने गरी कारबाही गरेको छ ।

निर्वाचन अवधिभर निर्वाचन आयोगबाट मिडिया अनुगमनको जिम्मेवारी पाएको प्रेस काउन्सिल नेपालले ती वेब पोर्टललाई कारबाही गरेको हो ।

काउन्सिलका उप प्रशासकीय अधिकृत रामशरण बोहराको अनुसार बिना दर्ता सञ्चालित न्युज पोर्टलहरूले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सम्प्रेषण गरेपछि कारबाही गरेको हो । आचारसंहिता उल्लङ्घन गर्ने १ सय ३७ सञ्चार माध्यमलाई सचेत तथा सजग गराएको काउन्सिलले जनाएको छ ।

चैत्र २५ गतेदेखि वैशाख २२ गतेसम्म अवधिमा २७ वटा मिडिया तथा पत्रकारलाई स्पष्टीकरण सोधिएको छ । त्यस्तै, यस अवधिमा ६१ वटा मिडिया तथा पत्रकारलाई आचारसंहिता कार्यान्वयनमा गम्भीर बन्न निर्देशन दिएको काउन्सिलले जनाएको छ ।

सोही अनुसार यस अवधिमा ८ वटा सञ्चार माध्यमलाई लिखितरूपमा गराएको र २१ वटा सञ्चार माध्यमलाई लिखितरूपमा आचारसंहिता कार्यान्वयनका लागि ध्यान आकर्षण गराएको उपप्रशासकीय अधिकृत बोहोराले जानकारी दिए ।

त्यस्तै ८ वटा रेडियोलाई निर्देशन र र्दुइ वटालाई ध्यानाकर्षण गराएको काउन्सिलले जनाएको छ । सोही अनुसार एक टेलिभिजनसँग स्पष्टीकरणको जवाफ माग, ६ वटालाई निर्देशन, २ वटालाई सचेत गराएको छ ।

सोही अनुसार आचारसंहिता प्रतिकूल समाचार तथा सूचना सम्प्रेषण गर्ने १४ जना पत्रकारलाई ध्यानाकर्षण गराएको काउन्सिल जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *