कोशी प्रदेश सरकारले जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः अनुरोध गर्ने
२०८१ वैशाख २६ गते

कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः अनुरोध गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकार प्रवक्ता एवम् कानुन मन्त्री शमशेर राईले बताए।
जेठ ११ गते बजेट अधिबेशन बोलाउन पुनः प्रदेश प्रमुख खापुङलाई अनुरोध गर्ने निर्णय भएको राईले बताएका छन्।
मुख्यमन्त्री कार्कीले यसअघि चैत २६ गते प्रदेशसभाको अधिवेशन बोलाउन सिफारिस गरेका थिए।
विपक्षी दलले मुख्यमन्त्री कार्कीलाई हटाउने तयारी गरिरहँदा सरकारले भने बजेट अधिव्ेशन बोलाउन माग गर्ने निर्णय गरेको छ।
२०८१ वैशाख २६ गते
प्रतिक्रिया
सम्बन्धित








