नेपाल र जिम्बावे ‘ए’बीच दोस्रो एकदिवसीय खेल आज

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शनिबार पाहुना टोली जिम्बावे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो एकदिवसीयमा जिम्बावे ‘ए’विरुद्ध खेल्न लागेको हो ।

खेल टियु क्रिकेट मैदानमा बिहान ९ः३० बजे शुरु हुनेछ । आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ भने जिम्बावे लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा छ ।

शुक्रबार भएको पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो । यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *