सुर्खेतमा गठबन्धनले प्रचारमा प्रयोग गर्ने दुई वटा गाडीमा आगजनी

सुर्खेत । वीरेन्द्रनगरमा दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको छ । गए राती जुम्ला रोडस्थित सत्कार होटल अगाडि रोकेर राखेको बा १४ च ६८३१ नम्बरको स्कार्पियो र सेन्चुरी बैंक अगाडि रोकेको कर्णाली प्रदेश ०२-००१ ख ००६१ नम्बरको मिनी बसमा आगजनी भएको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार स्कार्पियो नेपाली कांग्रेसले चुनाव प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो भने मिनी बस नेकपा माओवादीले प्रचारप्रसारमा प्रयोग गर्दै आएको थियो । रातको करिब २: ०० बजेको समयमा अज्ञात समूहले आगजनी गरी फरार भएको प्रहरीले जानकारी दिएको छ ।

स्कार्पियोको पछाडिको १ वटा टायर जलेको छ भने, मिनी बसको सबै सिटहरू जलेर सिसाहरू फुटेको छ। आगोलाई स्थानीय बासिन्दा,र नगर प्रहरीको सहायताले रातको ३:०० बजे नियन्त्रणमा लिएको थियो । आगजनी गर्ने व्यक्तिहरूको खोजी कार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *