नेपाल जिम्बावेसँग ३ विकेटले पराजित

काठमाडाैँ । पहिलो एकदिवसीयमा नेपाल पाहुना टोली जिम्बावे ’ए’ सँग पराजित भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा शुक्रबार नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३७ रनको लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो । जिम्बावेका लागि इनोसेन्ट कियाले अविजित रहँदै ४८ रन बनाए ।

ब्राड इभान्स १७ रन अविजित रहे । यस्तै सेफास झुवाले ३२ रन जोड्दा रोय कियाले १४ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल ३१ ओभर ३ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटिएको थियो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए । करण केसीले २५ रन जोड्दा कुशल भुर्तेलले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी १८ रन आउट भए । आरिफ शेख र आसिफ शेख समान ५ रन आउट हुँदा रोहित पौडेल ३ तथा कप्तान सन्दीप लामिछाने ४ रनमा आउट भए । जिम्बावेका ब्राड इभान्सले ४ विकेट लिए ।

भिक्टर, ब्राण्डन माभुता र सेफासले २÷२ विकेट लिए । जितसँगै जिम्बावेले तीन खेलको सिरिज १–० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ’ए’ सँग सिरिज खेलिरहेको हो ।

यसअघि भएको तीन खेलको टी–ट्वान्टी सिरिज १–१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *