एमाले गुराँसको चुनावी घोषणा- भ्रष्टाचार नियन्त्रणदेखि राउटेको संरक्षणसम्म

सुर्खेत । दैलेख एमाले गुराँस गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारले ६ संकल्पसहित घोषणापत्र सार्वजनिक गरेका छ । गुराँस गाउँपालिकाको एमालेबाट अध्यक्षमा टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का चुनावी मैदानमा छन् । उम्मेदवारहरूले ५ वटा संकल्पसहित घोषणापत्र सार्वजनिक गरेका हुन् ।

हामी शासक होइन जनताको सेवक हुनेछौ, हामी सामाजिक विकास गुराँस गाउँपालिका सुशासनको नमुना बन्ने छ, हामीले सदाचारका स्थापना गर्ने कडाइका साथ भ्रष्टाचार नियन्त्रणमा लागिपर्ने छौँ, हामी भ्रष्टाचारी व्यभिचारी अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा पुर्‍याउन र गाउँपालिकाको प्रशासनिक भवन अपाङ्ग तथा ज्येष्ठ नागरिक मैत्री निर्माण गर्ने एमाले गुराँसको संकल्प रहेका छन् ।

घोषणा पत्रमा एक गाउँ एक उत्पादन, एक सिँचाइ स्थापनादेखि पालिका स्तरमा कुनै पनि क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तिलाई सम्मान तथा विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । एमाले गुराँसले वडागत रूपमा गरिने कामको समेत घोषणापत्रमा उल्लेख गरेको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनले नेकपा एमाले गुराँस गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारसँग पराजित भएको थियो वैशाख ३० गते हुन लागेको निर्वाचनमा सुशासन, कृषि, पर्यटन र स्वरोजगारको आधार गुराँस गाउँपालिकामा एमालेको सरकार भन्ने नारा बोकेर चुनावी प्रतिस्पर्धामा उत्रिएको एमाले जीत हात पार्ने दाउमा छ ।

अरू के-के समेटिए
एक गाउँ एक उत्पादन, एक सिँचाइ पोखरी र टनेल, एक वडा एक बहुउद्देश्यीय नर्सरी र एक वडा एक कृषि हाटबजार तथा संकलन केन्द्र
खेती योग्य जमिनको उचित व्यवस्थापन र बाँझो जमिनलाई रोजगारमूलक भू-उपयोग नीति अवलम्बन गरिने छ ।

कृषि तथा पशुपालनका विभिन्न विधाहरूमा पकेट क्षेत्र जोन सुपरजोन क्षेत्र पहिचान गरी अनुदान समेतका एकीकृत कार्यक्रम लागु गरिने छ । हरेक वडामा पशु नश्लसुधारको लागि कृत्रिम गर्भाधान केन्द्र साथै कृषि व्यवसायीकरण गर्न उन्नत बिउमलको वितरण केन्द्रको स्थापना गरिने छ । कृषि तथा पशु बिमा पालिकाको तर्फबाट निःशुल्क गरिने छ ।

कृषि पर्यटन धार्मिक पर्यटन सांस्कृतिक पर्यटन प्राकृतिक पर्यटन जल पर्यटन लगायतका पर्यटन क्षेत्रको पहिचान गरी पर्यटन व्यवसायको विकास गरिने छ । सांस्कृतिक पर्यटन प्रवर्द्धनको लागि परम्परागत रूपमा चल्दै आएका मेलाहरूलाई सांस्कृतिक मनोरञ्जन र आयआर्जनको जस्ता बहुआयामिक बनाउने सांस्कृतिक महोत्सव संरक्षण गर्दै सांस्कृतिक तथा ऐतिहासिक संग्रालय स्थापना गरिने छ ।

आदिवासी जनजाति तथा राउटेलगायतका लोपोन्मुख समुदायको विशेष सांस्कृतिक पहिचान गरी त्यसको संरक्षण र संवर्द्धन गरिने छ । राउटेलगायत आदिवासी जनजातिको सांस्कृतिक झल्कने संग्राहलयको व्यवस्था गरिने छ । पर्यटन पूर्वाधारको विकास गरी पर्यटकहरू आकर्षित गरिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *