नेपालले आज जिम्बावे ‘ए’ एकदिवसीय खेल खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले पाहुना टोली जिम्बावे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो एकदिवसीयमा जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो ।

खेल टियु क्रिकेट मैदानमा बिहान ९ः३० बजे शुरु हुनेछ । नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । तर, जिम्बावेविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन ।

यसअघि टी-ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेल वर्षाले प्रभावित भएको थियो । आज प नि उपत्यकामा पानी परेकाले खेल प्रभावित हुनसक्ने अनुमान गरिएको छ । तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *