बर्दियामा पौडी खेल्ने क्रममा २४ वर्षीय युवक बेपत्ता
२०७९ वैशाख २२ गते

काठमाडौँ । बर्दियाको गेरुवा कर्णाली नदीस्थित कोठियाघाटमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन्।
मधुवन नगरपालिका–३ धनौरा निवासी २४ वर्षीय दिलीप थारु पौडी खेल्ने क्रममा आज बिहीबार डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। बेपत्ता युवकको खोजी कार्य जारी रहेको नायब उपरीक्षक सापकोटाले बताएका छन्।
२०७९ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








