सुर्खेतका कुन दल बलियो ? यस्तो थियो ०७४ को नतिजा

सुर्खेत । कर्णालीको प्रदेश राजधानी रहेको सुर्खेत जिल्लामा स्थानीय तहको निर्वाचन २०७४ को चुनावमा नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो, माओवादी केन्द्र तेस्रो दलका रूपमा देखिएका थिए । सुर्खेतका नौ वटै स्थानीय तह र ९९ वटा वडामा नेपाली कांग्रेस, एमाले र माओवादी क्रमशः पहिलो दोस्रो तेस्रो दलका रूपमा निर्वाचित भएका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा सुर्खेतका नौ वटा स्थानीय तहमध्ये कांग्रेसले पाँच वटामा प्रमुख र अध्यक्ष, पाँच वटा स्थानीय तहमा उपप्रमुख र उपाध्यक्ष, एमालेले तीन वटा स्थानीय तहमा प्रमुख र अध्यक्ष, चार वटामा उपप्रमुख र उपाध्यक्ष जितेको थियो । २०७४ को स्थानी तहको निर्वाचनमा माओवादी केन्द्रले एउटा पनि स्थानीय तहमा विजयी हासिल गरेन ।

९९ वटा वडामध्ये नेपाली कांग्रेसले ४६ वडा, एमाले ४३ वडा, माओवादी केन्द्रले ९ वटा वडामा विजयी भएको थियो । स्थानीय तहमा नेपाली कांग्रेसले २४५, एमालेले २३७, माओवादी केन्द्रका ४८, राष्ट्रिय जनमोर्चाले एक दलित महिला अल्पसङ्ख्या वडा सदस्य, स्वतन्त्रले एक वडाध्यक्ष अन्य सदस्य पाँच जना जनप्रतिनिधि विजयी भएका थिए ।

  • कुन स्थानीय तहका कुन दलको अवस्था कस्तो ?

वीरेन्द्रनगर नगरपालिका
वीरेन्द्रनगर नगरपालिका नेपाली कांग्रेसका देवकुमार सुवेदी १४ हजार ४०५ मत ल्याएर प्रमुखमा विजयी भएका थिए भने उपप्रमुखमा एमालेका मोहनमाया ढकालले १६ हजार ६८ मत ल्याएर विजयी भएकी थिइन् । प्रमुखमा एमालेले १३ हजार ८९९, माओवादी केन्द्रले ५ हजार २३७ कांग्रेसबाट स्वतन्त्र उम्मेदवार लडेका गेहेन्द्र दाहालले एक हजार ८९४ मत ल्याएका थिए । उपप्रमुखमा कांग्रेसले १४ हजार २६, माओवादी केन्द्रले ४ हजार ६८९ मत पाएका थिए ।

गुर्भाकोट नगरपालिका
गुर्भाकोट नगरपालिकामा नेपाली कांग्रेसबाट प्रमुखमा हस्तबहादुर पुनले ९ हजार ६३ मत ल्याएर विजयी भएका थिए भने उपप्रमुखमा नेपाली कांग्रेसकै मैना विकले ९ हजार ९७४ विजयी भएकी थिइन् । प्रमुखमा एमाले ७ हजार १२३, माओवादी केन्द्रले १ हजार ५९१ मत ल्याएका थिए । उपप्रमुखमा एमाले ७ हजार २६६ र माओवादी केन्द्रले १ हजार ६०० मत पाएका थिए ।

पञ्चपुरी नगरपालिका
पञ्चपुरी नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख र उपप्रमुख विजयी भएका थिए । नेपाली कांग्रेसले ५ हजार १३४ एमालेले ४ हजार ७३२ र माओवादी केन्द्रले १ हजार ३५८ मत पाएका थिए । उपप्रमुखमा नेपाली कांग्रेस ५ हजार २०४, एमालेले ४ हजार ८२४ र माओवादी केन्द्रले १ हजार ४४७ मत पाएका थिए ।

भेरीगंगा नगरपालिका
भेरीगंगा नगरपालिकामा प्रमुख र उपप्रमुख नेपाली कांग्रेस विजयी भएको थियो। अध्यक्षमा नेपाली कांग्रेसले ७ हजार ५४३, एमालेले ७ हजार ३८४ र माओवादी केन्द्रले १ हजार ६३७ मत ल्याएका थिए । उपप्रमुखमा नेपाली कांग्रेसले ७ हजार ५७४, एमालेले ७ हजार २९७ र माओवादी केन्द्रले १ हजार ६५८ मत ल्याएका थिए । अन्य राजनीतिक दलहरूले दुई सय हाराहारीमा मत ल्याएका थिए ।

लेकबेसी नगरपालिका
लेकबेसी नगरपालिकामा प्रमुख र उपप्रमुख नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका थिए। प्रमुखमा नेपाली कांग्रेसले ४ हजार ३९९, एमाले ५ हजार ७५३ र माओवादी केन्द्रले १ हजार ६९६ मत ल्याएका थिए । उपप्रमुखमा नेपाली कांग्रेसले ४ हजार ४३८, एमालेले ५ हजार ७४० र माओवादी केन्द्रले १ हजार ९५७ मत ल्याएका थिए । अन्य राजनीतिक दलहरूले एक सय मत पनि कटाउन सकेका थिएनन् ।

चिङ्गाड गाउँपालिका
चिङ्गाड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नेपाली नेपाली कांग्रेस नै विजयी भएको थियो । अध्यक्षमा नेपाली कांग्रेस २ हजार ९४९, नेकपा एमाले २ हजार ३८५ र माओवादी केन्द्र १ हजार ७२१ मत पाएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसबाटै २ हजार ९१७, एमालेले २ हजार ४१४ र माओवादी केन्द्रले १ हजार ७१९ मत पाएका थिए ।

चौकुने गाउँपालिका
चौकुने गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमाले विजयी भएको हो । अध्यक्षमा एमाले ३ हजार २४२ नेपाली कांग्रेस २ हजार २५० र माओवादी केन्द्रले २ हजार ६३३ मत पाएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसले २ हजार १९४, एमाले ३ हजार ३५७ र माओवादी केन्द्रले २ हजार ३१२ मत पाएका थिए । अन्य राजनीतिक दलहरूले एक सय मत पनि ल्याएका थिएनन् ।

बराहताल गाउँपालिका
बराहताल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै नेपाली कांग्रेस विजयी भएको थियो। अध्यक्षमा नेपाली कांग्रेस ३ हजार २२१, एमाले २ हजार ९१४ र माओवादी केन्द्रले १ हजार ९८४ मत पाएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसले ३ हजार ३१२, एमालेले ३ हजार १९० र माओवादी केन्द्रले १ हजार ९४४ मत पाएका थिए ।

सिम्ता गाउँपालिका
सिम्ता गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका थिए । अध्यक्षमा नेपाली कांग्रेसले ४ हजार ६०४, एमालेले ५ हजार ३५५ र माओवादी केन्द्रले ६ सय ६४ मत ल्याएका थिए । उपाध्यक्षमा नेपाली कांग्रेसले ४ हजार ५७८, एमालेले ५ हजार ३४६ र माओवादी केन्द्रले ७ सय २५ मत ल्याएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *