विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री कँडेल

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभा बैठक राखिएको हो ।

विश्वासको मत लिनु मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् । चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

४० सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रको १३, एमालेको १० र एकीकृत समाजवादीका १ सांसद छन् । नेपाली कांग्रेसका १४, राप्रपाको १ र एकजना स्वतन्त्र सांसद छन् । मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तिमा २१ सांसदको समर्थन आवश्यक रहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *