आईपीएल

शीर्ष स्थानको गुजरातमाथि पन्जाबको जित, आज एक खेल हुने

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पन्जाब किङ्ससँग ८ विकेटले पराजित भएको छ । मंगलबार राति गुजरातले दिएको १४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

पन्जाबका शिखर धवनले सर्वाधिक ६२ रन बनाए । यस्तै, भानुका राजपाक्षेले ४० रनको योगदान दिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो  । गुजरातका साई सुदर्शनले सर्वाधिक ६५ रन बनाए ।

रिद्दिमान शाहले २१ रनको योगदान गरे । पन्जाबका कागिसो रबाडाले ४ विकेट लिए । जितपछि पन्जाब १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा छ । दोस्रो हार बेहोरेको गुजरात १० खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ ।

आज एक खेल
आज रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । पुनेमा हुने दुई टोलीबीचको खेल ७ः४५ बजे शुरु हुने तालिका छ ।

बैंगलोर आज छैटौं जितको खोजीमा रहेको छ । बैंगलोर १० खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । चेन्नई चौंथो जितको खोजीमा रहेको छ । चेन्नई ९ खेलमा ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *