नेपाल र जिम्बावे ‘ए’लाई वर्षाको चिन्ता

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जिम्बाब्वे ‘ए’विरुद्ध तेस्रो ट्वान्टी–२० क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा जारी तीन खेलको ट्वान्टी-२० शृंखला जोगाउन नेपाललाई आज जितको विकल्प छैन ।

नेपाल पहिलो खेलमा ६ विकेटले पराजित भएको थियो । दोस्रो खेल वर्षाका कारण स्थगित भएको थियो । त्यससँगै जिम्बाब्वेले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको थियो ।

नेपाल र जिम्बाब्वेबीचको तेस्रो तथा अन्तिम ट्वान्टी-२० क्रिकेट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट हुनेछ । आजको खेल पनि वर्षाले प्रभावित हुने सम्भावना प्रबल छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एकदिवसीय शृंखलाको तयारीस्वरूप नेपालको जिम्बाब्वे ‘ए’सँग तीन ट्वान्टी-२० र तीन एकदिवसीय शृंखला जारी रहेको हो । अमेरिका, नेपाल र ओमानबीचको त्रिदेशीय शृंखला आउँदो जेठ २३ असार २ गतेसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *