रेणु दाहालको प्रतिबद्धतापत्र : भरतपुरलाई दक्षिण एसियाकै नमुना सहर बनाउने (पूर्णपाठ)

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयर पदमा उमेदवार बनेकी रेणु दाहालले आज आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् ।

भरतपुरलाई दक्षिण एसियाकै नमुना सहर र नगरवासीलाई सम्पूर्ण सुविधा उपलब्ध गराउने विशेष योजना सहितको प्रतिबद्धता पत्र उनले सार्वजनिक गरिन् ।

भरतपुर नगर समितिले तयार गरेको घोषणापत्र भरतपुर महानगर मेयर पदका प्रत्याशी रेणु दाहाल र उपमेयर पदका प्रत्याशी चित्रसेन अधिकारीले आज संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।

‘विगतको गठबन्धनको गौरवपूर्ण ५ वर्षको आधार, वर्तमान गठबन्धन समृद्ध भरतपुरको परियोजनाकार’ भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्न, भूमिहीनका समस्या समाधान गर्न, १२ कक्षा सम्म निःशुल्क शिक्षा, छोरी शैक्षिक बिमा कार्यक्रम, स्थानीय सीप, स्राेत, पुँजी र पहिचानलाई परिचालन गर्दै औद्योगीकरण मार्फत रोजगारी सिर्जना गर्नेसँगै वडामा सुविधा सम्पन्न अस्पताल तथा वृद्ध र अशक्तहरूलाई घरघरमै स्वास्थ्य सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा नीतिगत सुधार एवं आगामी कार्यकालमा गरिने कार्यहरू बुँदागत रूपमा उल्लेख गरिएको छ । प्रत्याशीहरूले आगामी कार्यकालमा भरतपुरलाई सुशासन र सेवा प्रवाह–डिजिटल महानगर, एसियायी मापदण्डको भौतिक पूर्वाधार, सबैको लागि गुणस्तरीय शिक्षा, हरेक वडामा अस्पताल–स्वास्थ्य क्षेत्रमा समाजवाद, पर्यटन : स्वरोजगारको आधार, कृषि र किसान पेन्सन कार्यक्रम, बेरोजगारी मुक्त भरतपुर, केही महिनाभित्रै इलेक्ट्रिक बस सञ्चालन, समृद्धिका लागि वन कार्यक्रम, सक्षम, स्वास्थ्य र सुरक्षित महिला एवं बालबालिका, भरतपुर देशकै खेलकुद केन्द्र, फोहोरको स्मार्ट व्यवस्थापन, दलित राहत कार्यक्रम लगायत विशेष कार्यक्रमहरू सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेतृत्व परीक्षण सफल भइसकेकाले पनि केही महात्वाकाक्षीं योजनाहरू ल्याएको र आउँदो कार्यकालमा अहिले गरिएका प्रतिबद्धता एवं कार्यक्रमहरू सफल बनाएरै छाड्ने उल्लेख गरिएको छ ।

त्यस्तै, प्रतिबद्धता पत्रमा नीतिगत तर्फ महानगरको विकासमा कोही पक्ष–प्रतिपक्ष नभई राजनीतिक सहमति, सहकार्य र समन्वयमा अघि बढेन, महानगरको समृद्धिका आधार : दक्ष मानव संसाधन, पर्यटन, कृषि र औद्योगिकीकरण हुने, महानगरीय योजना आयोग गठन गर्ने, महानगरलाई बेरोजगारमुक्त बनाउन प्रत्येक श्रमिकलाई दक्ष र व्यावसायिक बनाई रोजगारी दिने रेणु दाहालले बताइन् ।

यस्तै, रोजगार सहायता केन्द्र स्थापना गरी रोजगारीका लागि सूचना प्रवाह गर्न व्यवस्था मिलाउने, खाद्यान्न अभावमा जीवन जोखिममा पर्ने परिस्थितिको अन्त्य, कृषिलाई व्यवसायीकरण, औद्योगिकीकरण, विविधिकरण र आधुनिकीकरण गर्ने, आमसञ्चारलाई स्वच्छ, स्वास्थ्य, निष्पक्ष, मर्यादित, जिम्मेवार र व्यावसायिकीकरण बनाउने, सहकारीलाई उत्पादन र बजारसँग जोड्दै ‘मेड इन भरतपुर’को अभियान चलाइने, वन्यजन्तुबाट मानववस्तीमा हुने जनधनको क्षति हुन नदिन विशेष संरक्षण योजना बनाउने दाहालको प्रतिबद्धता छ ।

पूर्ण पाठः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *