सुर्खेतको चिङ्गाडमा भत्कियो गठबन्धन

सुर्खेत । सुर्खेत जिल्ला भर भएको गठबन्धन चिङ्गाड गाउँपालिकामा भने भत्किएको छ । नेपाली कांग्रेस र नेकपा माओवादीबीच भएको गठबन्धन भत्किएको हो ।

नेकपा माओवादी केन्द्र चिङ्गाड गाउँ कमिटीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई मतदान नगर्ने भएपछि गठबन्धन भत्किएको हो ।

नेपाली कांग्रेसले आफुहरूलाई धोका दिएको भन्दै माओवादीले गठबन्धन तोडेको जनाएको छ । नेकपा ९माओवादी केन्द्र० चिङ्गाड अध्यक्ष समरबहादुर कामी र सचिव महेश जिसीले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशमा भएको सहमति विपरीत कांग्रेस लागेको भन्दै कांग्रेससँग तालमेल नगर्ने स्पष्ट पारेका हुन् ।

विज्ञप्तिमा चिङ्गाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने र माओवादीको तर्फबाट विजयी भएका वडासहित ३ वटा वडा नेकपा (माओवादी केन्द्र) को नेत्तृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने अन्य ३ वटा वडा नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन गरी निर्वाचन लड्ने प्रदेश स्तरमा सहमति भएको उल्लेख गरेको छ।

तर, यो निर्णयको माओवादी केन्द्रबाट पूर्णरूपमा पालना भएपनि कांग्रेसको तर्फबाट उल्लंघन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, चिङ्गाडको अध्यक्ष पदमा नेपाली कांग्रेसका डोरप्रसाद शर्मा र एमालेका वोधबिक्रम जिसी उम्मेदवार उठेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *