राखेपका पूर्व सदस्य एमाले प्रवेश, ओलीले गरे स्वागत

ललितपुर । नेपाली काग्रेस तरुण दलका पूर्व क्षेत्रीय सभापति तथा राखेपका पूर्व सदस्य निरन खड्का एमालेमा प्रवेश गरेका छन् ।

उनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । ललितपुरको राजनीतिमा ख्याति कमाएका नेता खड्का तत्कालीन सैबुगाउँ कमिटि तरुणदलको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका थिए ।

पार्टीमा प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले स्थानीय निर्वाचनमा एमालेका उम्मेद्वारलाई विजयी गराउन लाग्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 18 =