पाँच तलामाथिबाट खस्दा महिलाको मृत्यु

काठमाडौँ । आफ्नै घरको छतबाट खस्दा एक महिलाको मृत्यु भएको छ।

भक्तपुर नगरपालिका–८ लिवालीमा गए राति पाँच तलामाथिबाट खसेर ४४ वर्षीया लक्ष्मीसुन्दर कुसाथाको मृत्यु भएको हो। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार छतबाट खसेपछि उपचारका लागि मध्यपुर अस्पताल थिमि लगिएकामा उपचारको क्रममा नै कुसाथाको मृत्यु भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *