तस्करीमा ट्रकको प्रयोग : प्रहरी भन्छ- ‘अनुसन्धान गरिरहेका छौँ’

विराटनगर । चोरी तस्करी गरेको सामान सहित ट्रक नै प्रहरीले नियन्त्रणमा लिएको छ । विराटनगर महानगरपालिका -१० बाट ना ३ ख ७८१२ नम्बरको ट्रकमा लोड गरी ल्याएको सामान सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

भन्सार छलेर नेपाल भित्र्याएको चार हजार २ सय किलो केराउलाई प्रहरीले नियन्त्रणमा लिएको हो । काभ्रे जिल्लाको पाँचखाल ६ बस्ने वर्ष ५२ को ट्रक चालक गोपालनाथ राईले भारतबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली त्यो केराउ ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसरी भन्सार छली सामान ल्याएको ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

प्रहरीले अर्को सवारी साधनबाट पनि अवैध कपडा बरामद गरेको छनाएको छ। विराटनगर महानगरपालिका वडा नम्बर ११ बाट प्रहरीले भारतीय मोटरसाइकल सहित अवैध कपडा बरामद गरेको हो । प्रहरीले भारतको अररिया नगर पञ्चायत ९ जोगवनी बस्ने वर्ष २९ को अनोज सिंहलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बरामद गरेको केराउ र कपडा गरी करिब २५ लाख बराबरको सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको डिएसपी श्रेष्ठले जानकारी दिए । भन्सार नै नतिरी भारतबाट नेपाल तर्फ कुन हिसाबबाट सामान आयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *