गुलमोहरले गुल्जार वीरेन्द्रनगर (तस्वीरहरू)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा गुलमोहरले वीरन्द्रनगर सहर गुल्जार बनेको छ ।

फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा दिएको गुलमोहर वीरेन्द्रनगरका विभिन्न सडक किनारामा फक्रिएको छन् । बसन्त ऋतुको आगमनसँगै वीरेन्द्रनगर–७ का विभिन्न ठाउँमा गुलमोहर फुलेर ढकमक्क भएको छ ।

वीरेन्द्रनगर–७ का घण्टाघर, कुइनेपानी, ईत्राम लगायतका ठाउँमा फुलेका गुलमोहरहरूले जो कसैलाई पनि मोहित बनाएको छ । चुनावको रौनक छाएसँगै वीरेन्द्रनगर सडक किनारामा गुलमोहरले वीरेन्द्रनगरलाई थप मनमोहक बनाएको हो ।

पछिल्लो समय फूलको नजिक गएर फोटो खिच्ने, टिकटक बनाउँने, भिडियो बनाउँनेहरूको समेत ताँती लाग्ने गरेको छ । धेरै जसो सडकमा आजवजावत गर्नेहरूले यात्रा गर्नेहरू गुलमोहरलाई आफ्नो क्यामेरामा कैद गर्न व्यस्त देखिन्छन् ।

गुलमोहरको रुखमुनि युवायुवतीको सेल्फीमोह पनि उत्तिकै देखिने गरेको छ । कुइनेपानी क्षेत्रको सडक छेउ गुलमोहरका ७ वटा मात्र रूख भएपनि ईत्राम क्षेत्रमा पनि गुलमोहर सुनसान सडकमा फुलेर बसन्त ऋतुमा प्रकृतीलाई रमणिय बनाइदिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *