कांग्रेसद्वारा आफ्ना बागी उम्मेदवारलाई दुईदिने अल्टिमेटम (विज्ञप्तिसहित)

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले आफ्नै पार्टीबाट बागी उठेका उम्मेदवारहरूलाई सम्बोधन गर्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ।

नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरूलाई वैशाख २१ गतेभित्रमा उम्मेदवारी फिर्ता लिइसक्न अल्टिमेटम दिएको हो। पार्टीले २१ गतेभित्र उम्मेदवारी फिर्ता नदिएको अवस्थामा पार्टी विधानअनुसार स्वतः पार्टीबाट निष्कासित हुनुपर्नेबारे समेत सचेत गराएको हो।

नेपाली कांग्रेसले आफ्ना बागी उम्मेदवारहरूलाई पार्टीभित्र रही राजनीति गर्ने या पार्टीबाट निष्कासित हुने भन्नेबारे अन्तिमपटक पुनःविचार गर्न आह्वान गर्दै दुई दिनको समय दिएको हो।

विज्ञप्तिः
No description available.

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *