मतदाता फकाउन घर-घरमा कर्णालीका उम्मेदवार

सुर्खेत । कर्णालीमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित प्रचारप्रसारलाई दलहरुले व्यापक बनाउन थालेका छन् । शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएपछि प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरुले चुनाव प्रचारलाई व्यापक बनाएका हुन् ।

यस्तै, कर्णालीमा पालिकाको विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले पनि भोट माग्न सुरु गरेका छन् । डोल्पाको ठुलीभेरी नगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवार बनेका प्रमेबहादुर भण्डारी पनि चुनावी प्रचारका होमिएका छन् । उनले चुनाव चिह्न पुतली पाएका छन् ।

यस्तै, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारले पनि मतदाता फकाउन घर–घरै पुग्न थालेका छन् । वीरेन्द्रनगरको मेयरमा नेपाली कांग्रेस र माओवादीबीच तालमेल भएको छ ।

गठवन्धन दलबीच तालमेल गरिने भनिए पनि एकिकृत समाजवादी गठवन्धनबाट बाहिरीएको छ । वीरेन्द्रनगरको मेयर र उप्रमुखमा तालमेल गरेका नेपाली कांग्रेस र माओवादीले वडामा भने तालमेल गरेका छैनन् ।

आइतबारबाट नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका उपेन्द्रबहादुर खड्का मतदाताको विश्वास जित्न वीरेन्दनगर–८ मा घरदैलो कार्यक्रम सरिक भएका छन् । खड्काले मतदाताको मन जित्न आफ्ना घोषणा पत्र सुनाउँदै हिँडेका हुन् । भेरीको पानी उपत्यकामा ल्याउनेदेखि वीरेन्द्रनगरलाई वातावरणमैत्री हरित सहरका रुपमा विकास गर्दै वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगर र महानगरपालिका बनाउने योजना खड्काले अघि सारेको समेत बताएका छन् ।

मेयर पदका उम्मेदवार खड्काले व्यवस्थित सहरकारुपमा विकास गर्न वीरेन्द्रनगर सुहाउदो गुरुयोजना बनाएर वस्ती व्यवस्थापन गर्ने आफ्नो योजना रहेका, खड्काले शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, विजुली लगायत समेटिएको घोषणा पत्र मदतातालाई सुम्पिएका छन् ।

युवा स्वरोजगार कार्यक्रम, महिला, बालबालिका, अपाङ्ग, जेष्ठ नागरिक लक्षित कार्यक्रम, सबै वडामा कृषि हाट बजारको व्यवस्था, बरोजगार युवाहरुका लागि सामुहिक खेति, बजार क्षेत्रको फोहोर व्यवस्थापन, पर्यटन प्रवद्र्धनका लागि बुलबुले–काक्रेविहार सक्र्रिट निर्माण गरी ¥याफ्टिङ्ग सञ्चालन, नगर बस सञ्चालन, गौशाला निर्माण लगायतका विषयले घोषण पत्रमा प्राथमिकता पाएका छन् ।

यस्तै, वीरेन्द्रनगरको मेयरको मेयरको उम्मेदवार मोहनमाया ढकाल पनि चुनावी प्रचार प्रसारका क्रममा मतादाताको दैलौमै पुग्न थालेकी छन् । उनी पनि आइतबारबाट मतदाता भेट्ने कार्यक्रममा हिँडेकी छन् । मेयर पदका उम्मेदवार ढकाल दिनभर ढकाल वडा नं. ७ इत्राममा मतदाताका घरदैलोमा पुगेकी हुन् ।

नेकपा एमालेबाट मेयरको उम्मेदवार बनेकी ढकाल यसअघि २०७४ को स्थानीय तहको निर्वाचनबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । ढकालका चुनावी प्रतिवद्धता पनि खड्काको भन्दा फरक छैनन् । विवादरहित पाँच वर्षमा वीरेन्द्रनगरको समर्ग विकास गरेको दावी गर्ने ढकालको मुख्य योजना आफ्नो कार्यकालमा सुरु भएका र गर्न नसकिएका कामहरुलाई अबको कार्यकालमा पुरा गर्ने रहेका छन् ।

भेरीको पानी उपत्यकामा ल्याउने पक्रिया सुरु गरी टेण्डरसमेत भई सकेको भन्दै छिट्टै वीरेन्द्रनगरवासीलाई भेरीको पानी खुवाने मुख्य योजना रहेको छ । गुरुयोजना निर्माण, नगर बस सञ्चालन गर्न नसक्नु ढकालले आफ्नो कार्यकालमा पुरा गर्न नसकेको योजना रहेको उल्लेख गरेकी छन् ।

यस्तै, जुम्लाको हिमा गाउँपािलका पनि उम्मेदवारहरु मतदातासँग मत माग्न घर–घरमा पसेका छन् । नेकपा (माओेवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार अम्मराज शाही (अम्मरजंग) बनेका छन् । शाहीले आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै मत माग्न मतदाताको घर–घरमा छिरेका छन् ।

शाहीले समाजबाद उन्मुख समृद्धि, आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि, पालिकास्तरमा एक विशेष उत्पादन, एक वडा एक विशेष पहिचान, रैथाने बालीहरुको संरक्षण र प्रवर्द्धनसहित कृषिको आधुनिकिकरण, यान्त्रिकरण र ब्यावसायीकिकरणको ग्यारेन्टी, उद्यमशिलताको विकास र रोजगारीको विस्तार जस्ता योजना अगाडी सारेका छन् ।

यस्तै, शाहीले निः शुल्क आधारभुत स्वास्थ्य सेवाको सुनिश्चितताका लागि एक वडा एक स्वास्थ चौकी, केन्द्र र पालिका स्तरमा आधारभूत अस्पताललाई पुर्ण क्षमतामा संचालन, निःशुल्क गुणस्तरीय स्वास्थ्य, गाउपालिकामा जडीबुटी केन्द्र स्थापना, स्थानी स्तरमा उपलब्ध जडिबुटिको प्रसोधन, वडा नं ७ धाँचुगाउमा आधारभुत स्वास्थ्य केन्द्रको स्थापनागरि थप जनशक्ति ब्यावस्थापन साथै हिमाको गौरबको रुपमा रहेको पिएचसिलाई विषशज्ञ सेवा प्रदान गर्ने लगायतका प्रतिबद्धता लगेर मतदातासँग मत मागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *