‘‘हू इज केपी ओली’ भन्नेलाई नेपाली जनताले ३० गते देखाइदिनेछन्’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेशको राजधानी हेटौँडाको सडक नभत्काउने र सडकका लागि बाइपास सडक निर्माण गर्ने बताएका छन्।

हेटौँडामा जिफन्ट मकवानपुरले आयोजना गरेको कार्यक्रममा एसियन हाइवेमा पर्ने सडकखण्डअन्तर्गतको हेटौँडा बजारको बीचमा रहेको सडक फराकिलो बनाएर भत्काउनुभन्दा बाइपास बनाउनुमा आफ्नो दलले जोड दिएको अध्यक्ष ओलीले बताए। वर्तमान बागमती सरकारले मदन भण्डारी स्वस्थ्य प्रतिष्ठान र हेटौँडा अस्पताललाई अलग गरेर गलत गरेको उनको भनाइ छ।

अध्यक्ष ओलीले ‘हू इज केपी ओली’ भन्नेलाई नेपाली जनताले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा देखाइदिने बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *