काठमाडाैँलाई उत्कृष्ट पालिका बनाउँछु : नेत्री सिंह

काठमाडाैँ । काठमाडौँ महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदकी उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा स्थापित गर्ने दावी गरेकी छन् ।

नेविसंघ काठमाडौँ जिल्ला समितिले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा उनले काठमाडौँमा काम गर्नका लागि आफू आएको भन्दै चुस्त सेवा प्रवाह गर्ने उत्कृष्ट पालिकाको रूपमा स्थापित गर्ने बताएकी हुन् ।

महानगरलाई विधिको शासन, नियम, कानुनभित्र रही चलाउँदै जनताका लागि काम गर्ने उनकाे भनाई छ । त्यस्तै, उनले काठमाडौँलाई हरियाली शहर बनाउने प्रतिबद्धता जनाइन् भने युवालाई रोजगार प्रदान गर्नका लागि आवश्यक कार्यक्रम ल्याउने धारणा राखिन् ।

कार्यक्रममा नेविसंघका नेता मनोज बैद्यले महानगरको रूपान्तरण र यसअघि हुन नसकेको कामलाई अघि बढाउन सुझाव दिए ।

उनले महानगरमा अब देखिने गरि विकास हुने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =