नेपाल जिम्बावे ‘ए’सँग खेल्दै, वर्षाको चिन्ता

काठमाडाैँ । नेपालले आज जिम्बावे ए सँगको तीन टि२० अभ्यास खेल अन्तर्गत पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

घरेलु टोली नेपाल टेस्ट टोली जिम्बावे ए लाई हराउने सोचमा हुनेछ । तर नेपाललाई खेल भन्दा बढी वर्षा वर्षाको चिन्ता देखिन्छ । शनिबार पहिलो एकदिवसिय अभ्यास खेल वर्षाको कारण स्थगित भएको छ । नेपालले घरेलु मैदानमा आज जिम्बावे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ ।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो । तर यो सिरिज ओडिआई र लिष्ट ए कुनैपनि मान्यता प्राप्त नहुँदा अभ्यास मानिनेछ ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला ।

  • नेपाल र जिम्बावे ए सँगको तालिका :

वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल
वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल
वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल

वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल
वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल
वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *