वीरेन्द्रनगरमा स्वतन्त्र उम्मेदवारलाई मुढा, तरा र गुलाबको फूल चुनाव चिन्ह

सुर्खेत । वीरेन्द्रनगरमा मेयर र उपमेयरमा दुई–दुई जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यी उम्मेदवारले शनिबार आ–आफ्नो चुनाव चिह्न पाएका छन् ।

स्थानीय निर्वाचन २०७९ का लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका मेयर–उपमेयरका उम्मेदवारले चुनाव चिह्न पाएका हुन् ।

स्वतन्त्रबाट मेयर पदका उम्मेदवार भीमप्रसाद शर्माले (तारा) चुनाव चिह्न पाएका छन् भने अर्का उम्मेदवार उमानन्द पंगालीले (मुढा) चुनाव चिह्न पाएका निर्वाचन समितिले जनाएको छ ।

यस्तै, वीरेन्द्रनगरका सहायक निर्वाचन अधिकृत उज्ज्वल रावलका अनुसार उपमेयर पदका उम्मेदवार अनिल ढकालले पनि (मुढा) चुनाव चिह्न र उपमेयरका अर्का उम्मेदवार भोजप्रसाद चपाईले (गुलाबको फूल) चुनाव चिह्न पाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *