भगवान पनि आमाको मुख हेर्न जाने ‘कान्तिभैरव जात्रा’ (तस्वीरहरू)

काठमाडौँ । उपत्यकालाई जात्रै जात्राको शहर पनि भनिन्छ। यहाँ हरेक टोल र गाउँमा जात्रा मनाउने गरिन्छ। किराँतदेखि लिच्छवी, मल्ल काल हुँदै शाह वंशसम्म उपत्यकामा धेरै जात्रा प्रचलनमा आयो र यद्यपि चलिरहेको छ।

यस्तैमा, काठमाडौँको काँठ क्षेत्रमा रहेको तत्कालीन गोकर्ण गाउँमा चल्ने जात्राको आफ्नै अस्तित्व र महत्व छ। काँठ क्षेत्रको पुरानो नेवार बस्ती गोकर्ण (हालको गोकर्णेश्वर) मा हरेक वर्ष आमाको मुख हेर्ने दिन मनाइने जात्राको आफ्नै मौलिकता एवं धार्मिक इतिहास छ। लिच्छवी राजा अंशुवर्माको दरबार रहेको मानिने गोकर्णको पुरानो बस्ती ‘देशे’मा रहेको भैरवको कथासँग यो जात्रा जोडिन्छ।

डुकुलाछीस्थित भगवान भैरवको आमा अर्थात् उत्तरबाहिनीमा रहेकी कान्ति भैरवीको मन्दिरमा छोरा भैरव, आमाको मुख हेर्न सगुनसहित खानेकुरा लिएर जाँदादेखि सुरु हुने जात्रा अक्षय तृतीयको दिन समाम्त हुन्छ। अगाडि सगुन, भाते द्व (भातको भगवान) र बाजागाजासहित भगवान भैरव, आफ्नी आमाको मुख हेर्न जाने परम्परालाई परापूर्व कालदेखि यो जात्राले समेट्दै आएको छ। यसरी आमाको मुख हेर्न आएका भैरवलाई गाउँको सबै टोल घुमाई साँझ आफ्नै मन्दिर भएको स्थानमा लगिन्छ र त्यो दिनको जात्रा सकिन्छ।

यसैगरी, निरन्तर ५ दिन सम्म भैरवको खट गाउँ टोल घुमाएपछि अक्षत तृतीयको दिन भैरवलाई आफ्नै मन्दिरमा राखेपछि जात्रा विधिवत रूपमा समापन हुन्छ।

तस्वीरहरू:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *