सुर्खेतमा कांग्रेस र माओवादीबीच चुनावी तालमेल, समाजवादी पछि हट्यो

सुर्खेत । सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ । विगत लामो समयदेखि भागबन्डा मिल्न नसकेपछि सुर्खेतमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रबीच पालिका भागबण्डा मिलाएर चुनावी तालमेल गर्ने भएको हो ।

माओवादी र कांग्रेस दलबीच भएको सहमति अनुसार कांग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा गाउँपालिकाको उपमेयरमा दिएको उम्मेदवारी फिर्ता लिएको छ ।

माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालिकाको मेयर र चिंगाड, सिम्ता र बराहताल अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएको छ । यस्तै, चौकुनेमा माओवादीले उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ ।

तर, कर्णालीका अन्य जिल्लामा समाजवादीले चुनावी तालमेल गर्ने निर्णय गरे पनि सुर्खेतमा भने एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा होमिने भएको छ । सुर्खेत एकीकृत साजवादीले भने अनुसारको भाग नपाएपछि गठबन्धनबाट पछाडि हटेको हो ।

पाँचदलीय गठबन्धनबीच केन्द्रमा भएको सहमति अनुसार प्रदेश स्तरीय संयन्त्रले कर्णालीका १० जिल्ला मध्ये आठ जिल्लामा मनोनयनअघिकै पालिकाहरू भागबण्डा टुङ्ग्याएको थियो । सुर्खेत र रुकुममा नमिल्दा अन्य जिल्लाहरू गठबन्धनमा आबद्ध सबै दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *