मुक्तिनाथ विकास बैंकका ग्राहकलाई डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा छुटको व्यवस्था

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विशेष छुट पाउने भएका छन् ।

बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सो सेवा पाउने भएका हुन् ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले बालाजुमा रहेको डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा विभिन्न सुविधाहरुमा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *