एकदिवसीय शृंखला

नेपाललाई जिम्बावेविरुद्ध गल्ती सुधारको अवसर

काठमाडौं । जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको आफ्नो तयारी पूरा भएको जनाएको छ । नेपाली टिमका कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकले टिमको तयारी राम्रो भएको र शृंखला जित्न खेल्ने बताए ।

यस्तै सन्दीप र पुबुदुले अमेरिकामा हुने विश्वकप लिग-२ खेल्नु अघि यो अभ्यासलाई सहज हुने बताए । यस्तै नेपाली टिमलाई आफ्नो गल्ती सुधारको अवसर रहने बताएका छन् । नेपालले घरेलु मैदानमा आज जिम्बावे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन ट्वान्टी २० क्रिकेट शृंखला खेल्ने तालिका छ ।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो । तर यो सिरिज ओडिआई र लिष्ट ए कुनैपनि मान्यता प्राप्त नहुँदा अभ्यास मानिनेछ ।

नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल, विक्रम सोब, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, सुशान भारी, पवन सरार्फ, अभिनाश बोहरा, बशिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम र सुनिल धमला ।

  • नेपाल र जिम्बावे ए सँगको तालिका :

वैशाख १७ (अप्रिल ३०) : पहिलो एकदिवसिय खेल
वैशाख १९ (मे २) : दोस्रो एकदिवसिय खेल
वैशाख २१ (मे ४) : तेस्रो एकदिवसिय खेल

वैशाख २३ ( मे ६) : पहिलो टि२० खेल
वैशाख २४ ( मे ७) : दोस्रो टि२० खेल
वैशाख २६ ( मे ९) : तेस्रो टि२० खेल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *